लेख विवरण

दीपक चाहर आईपीएलबाट बाहिरने सम्भावना बढयो

दीपक चाहर आईपीएलबाट बाहिरने सम्भावना बढयो

काठमाडौं । आईपीएल २०२२ मा लगातार हार बेहोरिरहेको चेन्नई सुपर किंग्स (सिएसके) टोलीलाई ठूलो धक्का लागेको छ । कारण भारतीय तिब्र गतिका बलर दीपक चहर पूरै आईपीएलबाट बाहिरिने सम्भावना बढेको छ ।

जारी सिजनमा लगातार चार खेलमा हार ब्योहोरेको सिएसके आफ्नो पहिलो जितको खोजीमा छ। चाहरबिना टोलीको पेस आक्रमण अधुरो देखिन्छ । यस्तो अवस्थामा चाहर प्रतियोगिताबाट बाहिरिनुले चार पटकको च्याम्पियन टोलीलाई ठूलो असर पार्नेछ ।

गत फेब्रुअरीमा वेस्ट इन्डिज विरुद्धको टी २० सिरिजको क्रममा चोट लागेपछि उनी बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा पुनर्वासमा थिए। यसै क्रममा उनको ढाडमा चोट लागेको थियो । स्रोतका अनुसार उनी बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा पुनर्स्थापनाका क्रममा घाइते भएका थिए ।

आईपीएल २०२१ को १५ खेलमा १४ विकेट लिएका दीपक चाहरलाई चेन्नई सुपर किंग्सले मेगा(अक्सन अघि १४ करोड भारतीय रुपैयामा किनेको थियो। उनी एक उत्कृष्ट स्विङ बलर मात्रै नभएर तल्लो क्रममा उत्कृष्ट ब्याटीङ गर्ने गर्दछन । श्रीलंका विरुद्ध उनको अविजित ६९ र दक्षिण अफ्रिका विरुद्ध ५४ रनले उनलाई धेरै मूल्यवान खेलाडी बनाएको थियो ।

चाहरले आफ्नो आईपीएल करियरमा अहिलेसम्म उत्कृष्ट खेल खेल्दै ६३ खेलमा ५९ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १३ रनमा चार विकेट रहेको छ । चाहरले सन २०१६ मा धोनीको कप्तानीमा राइजिङ पुणे सुपरजायन्ट्सबाट आफ्नो आईपीएल करियर सुरुवात गरेका थिए । उनलाई टोलीले १० लाखको बेस प्राइसमा किनेको थियो। सन २०१८ को आईपीएलमा उनलाई सिएसकेले ८० लाख भारतीय रुपैयामा टोलीमा भित्र्याएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.