दीपेन्द्रसिंह ऐरीको सतकीय इनिङ्समा पुलिसले बागमतीलाई एक सय ९२ रनले हरायो
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई एक सय ९२ रनले हरायो ।
पुलिसले दिएको दुई सय ९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो । बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए । रामनरेश गिरीले २२, प्रतिशत जिसीले १४ र नन्दन यादवले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । करण केसीले दुई गुलसन झा र सागर ढकालले दुई दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षमता दुई सय ८९ रन बनाएको थियो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले एक सय आठ रनको सतकीय इनिङ्स खेले । कुशल भुर्तेल र सुनिल धमलाले समान ३७र३७, आरिफ शेखले ३६, योगेन्द्र सिंह कार्की १६, पवन सर्राफले अविजित १५ रन र दिलीप नाथले अविजित १२ रन बनाए ।
बागमतीका नन्दन यादवले दुई तथा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले एक एक विकेट लिए । पुलिसका दीपेन्द्र ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।


टिप्पणी लेख्नुहोस्