दीपेन्द्र सिंह ऐरी आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा
काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन। पुरुषतर्फ फेब्रुअरी महिनाका लागि आईसीसीले सार्वजनिक गरेको मनोनयमा अलराउन्डर दीपेन्द्र परेका हुन ।
उनीसँगै पुरुषतर्फको मनोनयनमा यूएईका भृत्या अरविन्द र भारतका श्रेयस ऐयर परेका छन।
ओमानमा भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटमा दीपेन्द्रले अलराउन्ड प्रदर्शन गरेका थिए। ब्याटिङ र बलिङमा राम्रो खेल प्रदर्शन गरेका दीपेन्द्र मनोनयनमा परेका हुन ।
प्रतियोगितामा दीपेन्द्रले ६ विकेट र १५९ रन बनाएका थिए । आईसीसीले प्लेयर अफ द मन्थको विजेताको घोषणा भोटिङको आधारमा गर्नेछ। आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिन्छ। यहाँ क्लिक गरेर दीपेन्द्रलाई भोट गर्न सकिन्छ
आईसीसीले विजेताको घोषणा हरेक महिनाको दोस्रो सोमबार आफ्नै च्यानलमार्फत गर्नेछ।

टिप्पणी लेख्नुहोस्