दुई नेपालीले पाए इङलिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेर्ने अवसर
काठमाडौंँ । उम्रोको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत दुई विजेताले इङलिस प्रिमियर लिगको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका छन् । उम्रोसँगको सहकार्यमा भाटभटेनी सुपरमार्केटले सञ्चालन गरेको 'रोड टू वेस्ट ह्याम’ योजना अन्तर्गत भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी लक्की ड्रमार्फत छनोट भएका थिए । दुई भाग्यशाली विजेताले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेरेका थिए ।
विजेताको लण्डनसम्मको दुईतर्फी ह्वाई भाडा, पाँच दिनको बस्ने, खाने ब्यवस्था सहित यात्राको सम्पुर्ण खर्च भाटभटेनी सुपरमार्केटले उपलब्ध गराएको थियो । भाटभटेनीका १४ वटा स्टोरबाट उम्रोका सामान लिने ग्राहकलाई यस योजनामा समावेश गरिएको थियो । उम्रोको यो योजना जनवरी २७ देखि मार्च ३० सम्म भाटभटेनीका १४ वटा सुपर मार्केट र डिपार्टमेन्टल स्टोरमा
सञ्चालन गरिएको थियो ।
फुटबल र आम मानिसको जिवनशैलीसँग जोडिएको उम्रोलाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ । उम्रो भाटभटेनीको वीरगञ्जमा खोलिएको नयाँ स्टोर सहित १५ वटा सुपरमार्केटमा उपलब्ध छ । उम्रोले फुटबलको विश्वस्तरको सामाग्री र जिवनशैलीसँग जोडिएको सामान उपलब्ध गराउँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्