देशका लागि ७ विश्वकप खेल्ने यी खेलाडीले लिए सन्यास
काठमाडौंँ । पाकिस्तान महिला क्रिकेट टोलीकी ब्याट्सम्यान नाहिदा खानले आफ्नो १४ वर्ष लामो इनिङ्सको अन्त्य गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । उनले ७ फेब्रुअरी २००९ मा श्रीलंका विरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेकी थिइन्। नहिदा पाकिस्तानको प्रतिनिधित्व गर्ने बलुचिस्तानकी एक मात्र महिला क्रिकेटर हुन् । पाकिस्तान क्रिकेट बोर्डले ट्वीट गर्दै सन्यासको बारेमा जानकारी दिएको हो ।
नाहिदा ५० ओभरको तीन र टी(२० विश्वकपमा चार पटक पाकिस्तानी महिला क्रिकेट टोलीको सदस्य बनेकी थिइन्। उनी सन् २०१३, २०१७ र २०२२ मा एकदिवसीय विश्वकपको टोलीमा परेकी थिइन्, टी(२० विश्वकपमा उनले सन् २०१२, २०१४, २०१६ र २०१८ मा टोलीको प्रतिनिधित्व गरेकी थिइन्। नाहिदाले हालै कराँचीमा भएको पाकिस्तान कप महिला क्रिकेट प्रतियोगितामा ब्लास्टर्सको सहायक प्रशिक्षकको रुपमा काम गर्दै प्रशिक्षण क्षेत्रमा प्रवेश गरेकी छिन् ।
नाहिदाले १२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तान महिला क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै २ हजार १४ रन र एक विकेट लिएकी थिइन् । उनले सन् २०१८ मा श्रीलंका विरुद्धको जितमा चार क्याच लिएर एक ओडीआई इनिङ्समा सबैभन्दा धेरै क्याच लिने रेकर्ड पनि बनाएकी थिइन्।

टिप्पणी लेख्नुहोस्