दोस्रो एकदिवसीयमा इङ्गल्याण्ड अष्ट्रेलियासँग पराजित
काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको इङ्गल्याण्ड दोस्रो एकदिवसीय पनि पराजित भएको छ । यसअघि पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको पाहुना टोली इङ्गल्याण्ड आजको खेलमा पुनः ७२ रनले पराजित भयो ।
अष्ट्रेलियाले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा इङ्गल्याण्डको टोली ३८.५ ओभरमा २ सय ८ रन बनाउदै अलआउट भयो । टोलीका लागि विकेटकिपर साम बिलिङ्सले सर्वाधिक ७१ रन बनाए । जेम्स विन्स ६० रन बनाएर आउट भए । ओपनर फिल साल्ट र लियाम डसनले क्रमश २० र २३ रन बनाए । कप्तान मोइन अली १० रन बनाएर आउट भए । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जाम्पाले ४-४ विकेट लिए । जोश हेजलवुडको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ८० रन बनायो । टोलीका लागि स्टीवन स्मिथले सर्वाधिक ९४ रनको योगदान दिए । मार्नस लाबुसचेन र मिचेल मार्शले पनि अर्धसतकीय पारी खेल्दै क्रमश ५८ र ५० रन बनाए । ओपनरद्धय ट्राभिस हेड (१९) र डेभिड वार्नरले (१६) रन बनाए । बलिङमा इङ्गल्याण्डका लागि आदिल रशीदले सर्वाधिक ३ विकेट लिए । क्रिस वोक्स र डेभिड विलीले समान २-२ विकेट लिदा मोइन अलीको नाममा १ विकेट रह्यो ।
जितसँर्गै अष्ट्रेलिया ३ खेलको एकदिवसीय सिरिजमा २-० ले अग्रता बनाएको छ । योसँग घरेलु टोलीले एक खेल अगाडीनै सिरिज जित्न सफल भएको छ ।

टिप्पणी लेख्नुहोस्