लेख विवरण

दोस्रो एकदिवसीयमा नेपाललाई १९२ रनको लक्ष्य

दोस्रो एकदिवसीयमा नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं । यूएई विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले १९२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै १९१ रन बनायो ।

यूएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । एलिशान शरफुल (३५), वृत्य अरविन्द (२५), सिपी रिजवानले (२२) रन बनाए । बासिल हामिदले २४ रन बनाउदा विष्णु सुकुमारनले १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र ललित राजबंशी ३ ३ विकेट लिए । करण केसी, गुलशन झा, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले समान एक विकेट लिए ।

नेपालको सुरुवाती ११ : रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद (विकेट किपर) र गुलशन झा ।

यूएईको सुरुवाती ११ : सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप–कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.