दोस्रो एकदिवसीयमा नेपाल ३ विकेटले विजयी
काठमाडौं । यूएई विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रन बनाए । ४९ बलको सामना गरेका झाले ४ चौंका र एक छक्का प्रहार गरे । आरिफ शेख (३३) र सोमपाल कामी १६ रनमा अविजित रहे ।
यूूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रह्यो । अघिल्लो खेलमा अर्धसतक बनाएका ओपनर अर्जुन साउद पहिलो ओभरमै ० रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेख ६ रन बनाएर आउट भए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भए ।
त्यसपछि आएका ब्याटिङ ज्ञानेन्द्र मल्लले नेपालको इनिङ माथी उकास्ने प्रयास गरे तर उनीपनि २६ रन बनाउदै रन आउट भए । दिपेन्द्र सिंह ऐरि २० बलमा १३ रन बनाउदै बोल्ड भए । कुशल भुर्तेल ३५ रन बनाएर आउट भए । यूएईका लागि रोहन मुस्ताफाले ३ विकेट लिए । हजरत बिलालले २ विकेट लिदा बासिल हामीदले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । एलिशान शरफुल (३५), वृत्य अरविन्द (२५), सिपी रिजवानले (२२) रन बनाए । बासिल हामिदले २४ रन बनाउदा विष्णु सुकुमारनले १५ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र ललित राजबंशी ३-३ विकेट लिए । करण केसी, गुलशन झा, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले समान एक विकेट लिए । खेलको म्यान अफ द म्याच गुलशन झा भए ।
जितसँगै नेपालले घरेलु मैदानमा यूएईसँगको सिरीज १-१ ले बराबरी गरेको छ ।

टिप्पणी लेख्नुहोस्