दोस्रो एकदिवसीय खेलमा नेपालले टस हारेर बलिङ गर्दै
काठमाडौं । यूएई विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । पहिलो खेलमा ८४ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने पक्षमा रहने छ ।
आजको खेलमा नेपालले सुरुवाती ११ मा १ खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा हरि शंकर साहको ठाँउमा अरिफ शेखले स्थान पाएका छन ।
यस अघिको खेलमा नेपालका लागि अर्जुन साउद र हरि शंकर साहले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । विकेट किपर तथा ओपनर अर्जुनले डेब्यु खेलमा ७९ बलमा ५१ रनको अर्धसतकीय पारी खेलेका थिए ।
नेपालको सुरुवाती ११ : रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद र गुलशन झा रहेका छन ।
यूएईको सुरुवाती ११ : सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप(कप्तान), एलिशान शरफुल, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, विष्णु सुकुमारन र सबिर अली ।

टिप्पणी लेख्नुहोस्