दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलका लागि पिच तयार गर्ने क्युरेटर बर्खास्त
काठमाडौंँ । लखनउको इकाना क्रिकेट स्टेडियममा भएको भारत र न्युजिल्यान्डबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलका लागि पिच तयार गर्ने क्युरेटरलाई पदबाट हटाइएको छ । खेलमा पिच सोचे जस्तो नहँुदा ब्याट्सम्यानले निकै संघर्ष गर्नुपरेको थियो । भारतले एक बल बाँकी रहँदा खेल जितेपनि कप्तान हार्दिक पाण्ड्याले पिचको आलोचना गर्दै यसलाई 'आश्चर्यजनक' भनेका थिए।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड टोलीले ८ विकेटमा ९९ रन मात्र बनाउदा भारतलाई पनि स्पिनमैत्री पिचमा लक्ष्य पछ्याउन निकै समस्या भएको थियो । उत्तर प्रदेश क्रिकेट संघ (यूपीसीए) ले भन्यो, 'क्युरेटरलाई हटाइएको छ र अनुभवी क्युरेटर सञ्जीव कुमार अग्रवाललाई नियुक्त गरिनेछ। हामी एक महिनामा सम्पूर्ण कुराहरुपरिवर्तन गर्नेछौं।'

टिप्पणी लेख्नुहोस्