लेख विवरण

दोस्रो दिन सुक्रबहादुरको अग्रता कायम

दोस्रो दिन सुक्रबहादुरको अग्रता कायम

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन सुक्रबहादुर राईले अग्रता कायमै राखेका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बुधबार सुक्रले दुई अन्डर ७० खेले । ३६ होलको समाप्तिसँगै सुक्रको कूल सात अन्डर एक सय ३७ स्कोर छ ।

चार अन्डर एक सय ४० स्कोर खेलेका रवि खड्का र भुवन नगरकोटी संयुक्त तेस्रो स्थानमा छन । बुधबार रविले तीन अन्डर ६९ र भुवनले दुई अन्डर ७० खेले । एमेच्योरतर्फ सद्भाव आचार्य शीर्षस्थानमा उक्लिएका छन ।

बुधबार एक अन्डर ७१ खेलेका सद्वावको कूल तीन अन्डर एक सय ४७ स्कोर छ । ३६ होलको समाप्तिसँगै कूल १२ ओभर एक सय ५६ स्कोर खेल्ने २३ प्रो र ६ जना एमेच्योरले फाइनलमा स्थान बनाएका छन् ।

चारदिने प्रतियोगितामा ३९ प्रोफेसनल र १९ जना एमेच्योरको सहभागिता रहेको थियो । कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रपियाँ पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.