दोस्रो विश्वयुद्धमा यसरी लुकाइएको थियो फिफा ट्रफी
काठमाडौं । कतारमा फिफा विश्वकप २०२२ चलिरहेको छ । नोभेम्बर २० बाट सुरु भएको यो प्रतियोगिता डिसेम्बर १८ सम्म चल्नेछ । यस अवधिमा कतारका ८ रङ्गशालामा ३२ टोलीले ट्रफीका लागि प्रतिस्पर्धा गर्देछन । विगत ५२ वर्षदेखि विजेता टोलीलाई दिइँदै आएको ट्रफी सन् १९७० अघि दिइएको थिएन । विश्वकप फुटबलको इतिहासमा दुई फरक ट्रफी डिजाइन भएका छन् । सन् १९३० देखि १९७० सम्म प्रदान गरिएको ट्रफीलाई जुल्स रिमेट ट्रफी भनिन्छ।
फिफाका तेस्रो अध्यक्ष जुल्स रिमेटको नाममा सन् १९४६ मा ट्रफीको नाम जुल्स रिमेट ट्रफी राखिएको थियो। सन् १९२८ मा फुटबल विश्वकपको योजना रिमेटले नै बनाएका थिए । सन् १९३० मा पहिलो पटक विश्वकप उरुग्वेमा खेलिएको थियो।
दोस्रो विश्वयुद्धको समयमा फिफाका तत्कालीन अध्यक्ष ओटोरिनो बारासीले रोमको एउटा बैंकको तिजोरीबाट ‘जुल्स रिमेट ट्रफी’ निकालेर आफूसँग राखेका थिए । उनले सुरक्षाको लागि आफ्नो ओछ्यानमुनि जुत्ताको बक्समा ट्रफी राख्थे। बार्सीले पहिलो विश्वयुद्धको अन्त्य र सन् १९५० मा विश्वकपको पुनरागमन नभएसम्म ट्रफी आफ्नो ओछ्यानमुनि लुकाएका थिए ।

टिप्पणी लेख्नुहोस्