लेख विवरण

दौडमा भोजपुर र धनकुटालाई स्वर्ण

दौडमा भोजपुर र धनकुटालाई स्वर्ण

इटहरी । पाँच किलोमिटर दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक जितेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ भने धनकुटाका गोकुल याकिलाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

पाँच किलोमिटर दौड महिलातर्फ सङ्खुवासभाकी निला जिमीले रजत तथा ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक पदक प्राप्त गरेकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङले रजत तथा पाँचथरका ओसन राईले कास्य पदक प्राप्त गरेका छन् । नवौँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिताका लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सतर्फ आज फाइनल खेल भएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.