धोनी आईपीएल इतिहासकै सबैभन्दा ठूलो फिनिसर हुन् : इरफान पठान
काठमाडौं । भारतीय टोलीका पूर्व पेस बलर इरफान पठानका अनुसार आईपीएलमा धेरै फिनिसर देखिए, तर एमएस धोनी भने सबैभन्दा फरक रहेका छन्। उनी प्रायः सुरुदेखि नै लिगको मुख्य केन्द्र बन्ने गरेका छन ।
मुम्बई इण्डियन्सविरुद्धको विजेता पारीपछि चेन्नई सुपर किंग्सका मुख्य खेलाडी एमएस धोनीको नाम सबैको जिब्रोमा रहेको छ। आईपीएलको सबैभन्दा रोमान्चक सिजनमा आफ्नो प्रदर्शनसँगै धोनीले आफूलाई किन यो प्रतियोगिताको फिनिसर मानिन्छ भन्ने प्रमाणित गरेका छन।
स्टार स्पोर्ट्सको शो क्रिकेट लाइभमा पठानले भने, 'एमएस धोनी आईपीएलको इतिहासमा सबैभन्दा ठूलो फिनिसर हुन्। वर्षेनी धेरै खेलाडीहरु यो सूचीमा सामावेश भइरहेका छन् तर धोनीलाई कसैले पनि विस्थापित गर्न सकेका छैनन् । उनी यो लिगको पहिचान हुन्। आईपीएलको इतिहासमा धोनी र एबी डि भिलियर्स सबैभन्दा ठूलो फिनिसर हुन । तर, धोनी अग्रपंक्तिमा छन् । उनी महान् खेलाडी हुनु । हामीले यो सिजनको कुरा गर्दा राहुल तेवाटिया, दिनेश कार्तिक, शिम्रोन हेटमायरले आफ्नो टिमका लागि लगातार फिनिसरको रुपमा खेल सिध्याएको देखेका छौं । तर फाइनल फिनिसरको कुरा गर्ने हो भने पक्कै पनि एउटा मात्र नाम मनमा आउनेछ र त्यो हो धोनी।'
पठानले चेन्नई सुपर किङ्स अंक तालिकामा नौ नम्बरमा रहे पनि अहिलेसम्म टोलीले लाई हल्का रुपमा नलिएको दाबी गरे।
पठानले भने, 'कुनै पनि टोलीले सीएसकेलाई कमजोर आकने गल्ती गर्न सक्दैन। किनभने यो टोलीले हारको अवस्थाबाट जित कसरी खोसेर लैजाने भन्ने कुरा बुझेको छ। र टोलीले यस्तो खेल आईपीएलको इतिहासमा धेरै पटक देखाएको छ, त्यसकारण यो टोली लिगको इतिहासमा सधैं सबैभन्दा खतरनाक मानिएको छ ।'

टिप्पणी लेख्नुहोस्