लेख विवरण

नयाँ वर्षको अवसरमा मेस्सीको भावुक नोट

नयाँ वर्षको अवसरमा मेस्सीको भावुक नोट

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका लागि सन् २०२२ निकै महत्वपूर्ण रह्यो । उनले गत वर्ष फिफा विश्वकप २०२२ जितेर आफ्नो अधुरो सपना पूरा गरे। आज नयाँ वर्ष अर्थात् २०२३ को पहिलो दिन विश्वभर सबैले यो दिवस मनाउँदैछन् । यसैबीच नयाँ वर्षको अवसरमा लियोनल मेस्सीले पनि आफ्नो परिवार र फ्यानका लागि भावुक नोट लेखेका छन् ।

उनले कतार विश्वकप २०२२ जित्ने आफ्नो सपना पूरा गर्न सहयोग गरेकोमा परिवार साथी, र प्रशंसकहरूलाई धन्यवाद दिएका थिए। ३५ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, 'म परिवार, साथी र मेरा सर्मथकहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिन चाहन्छु । हरेक परिस्थितिमा मलाई साथ दिएकोमा सबैलाई धन्यवाल छ ।'

मेस्सीले उनलाई पछ्याउने र प्रोत्साहन गरेकोमा विशेष गरी अर्जेन्टिना, पेरिस र बार्सिलोनाका समर्थकहरूलाई धन्यवाद दिएका छन।

मेस्सीलाई संसारभरबाट अथाह माया र ठूलो समर्थन प्राप्त छ। नेपालमा समेत उनका लाखौं फ्यानहरु छन् । उनले नयाँ वर्षको अवसरमा विश्वभर रहेका आफ्ना सबै फ्यानलाई धन्यवाद दिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.