लेख विवरण

नयाँ सिजनका लागि मनाङ मस्र्याङ्दीको टोली घोषणा

नयाँ सिजनका लागि मनाङ मस्र्याङ्दीको टोली घोषणा

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले नयाँ सिजनका लागि टोली घोषणा गरेको छ । क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको छ । खेलाडीहरुमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशनराना मगरलाई क्लबले अनुबन्ध गरेको छ ।

नयाँ सिजनको लिगमा एमएमसीले युवा खेलाडीमाथि विश्वास गरेको जनाएको छ । उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई क्लबले अनबुन्ध गरेका छ । आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छ ।

एमएमसीको मुख्य प्रशिक्षकमा अनुबन्ध भएका श्रेष्ठले भने, ‘मनाङ ठुलो टिम हो । विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ । क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ । मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु ।’

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.