नवौँ राष्ट्रिय खेलकुदः बागमतीलाई फेन्सिङमा पहिलो स्वर्ण
कास्की । बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भइन ।
सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भइन । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश: द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भइन ।
प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, ‘फोयल’ र ‘सेबर’ विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले बताए । प्रतियोगितामा दुई विभागीयसहित छ टोलीको सहभागिता छ ।
प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

टिप्पणी लेख्नुहोस्