लेख विवरण

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिस खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिस खेलाडी छनौट

इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन् ।

प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुरा छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन् । यस्तै टेवलटेनिस पुरुषतर्फ अनमोल विक, सिद्धार्थ तामाङ, वोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौँ राष्ट्रियका लागि छनौट भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.