लेख विवरण

नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट

पाँचथर । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् । विभिन्न १७ खेलमा सहभागी १ नं प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ खेलबाट उनीहरु छनोट भएका हुन् ।

पाँचथरबाट पुरुष फुटबलमा एक, महिला फुटबलमा एक, आइटिएफ तेक्वान्दो (पुरुष) मा दुई, आइटिएफ तेक्वान्दो (महिला)मा एक, फुलकन्ट्याक्ट कराते (महिला)मा तीन, पुरुष शारीरिक सुगठनमा एक, जुडो (पुरुष) मा एक, कुस्ती (पुरुष) मा एक, कुस्ती (महिला) मा दुई, रग्बी पुरुष र महिलामा दुई–दुई तथा पुरुष बुद्धिचालमा एक खेलाडी छनोट भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।

छनोट भएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले बिहीबार फिदिममा बधाई तथा शुभकामना कार्यक्रममार्फत बधाइ ज्ञापन गरेको छ । प्रदेशस्तरीय छनोट प्रतिस्पर्धामा पाँचथरले ११ स्वर्ण जितेको थियो । प्रदेश नं १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि यही असोज ८ गतेसम्म सञ्चालित प्रदेश छनोट प्रतिस्पर्धामा पाँचथरले आइटिएफ तेक्वान्दोमा तीन, फुलकन्ट्याक्ट करातेमा तीन, कुस्तीमा तीन तथा जुडो र शारीरिक सुगठनमा एक–एक स्वर्ण पदक जितेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.