लेख विवरण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा

काठमाडौं । आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गरेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन् “नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०७९ साल २२–२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ।”

यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम र नेपालगंजमा आयोजना भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.