लेख विवरण

नवौँ राष्ट्रिय खेलकुद : एक सय मिटरमा शिवराजलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : एक सय मिटरमा शिवराजलाई स्वर्ण

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको एक सय मिटर पुरुष दौडमा एपीएफ क्लबका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन ।

पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलमा शिवराजले निर्धारित दूरी १०.५६ सेकेन्डमा पूरा गरे ।

आर्मीका युवराज विकले रजत जिते । उनले १०.५८ सेकेन्डमा दौड सकेका थिए । १०.७० सेकेन्डमा दौड सक्दै आर्मीकै डिल्ली भण्डारीले कांस्य जिते ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.