नवौंं राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको बिजयी सुरुवात
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा जारी नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी शुरुवात गरेको छ । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीका लागि खेलको नवौं मिनेटमा राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले नै दोस्रो गोल गर्दैै अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाए ।
प्रतियोगिताको उद्धघाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए । उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,” उनले भने, “खेलाडीको मनोवल उच्च राख्नको लागि सरकारले विभिन्न योजनाहरु बनाएको छ, विगतको जस्तो निराश हुने अवस्था छैन ।” उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिए ।

टिप्पणी लेख्नुहोस्