लेख विवरण

नवौं एक्सेल्सियर कप : उपाधिका लागि जेनिथ र रेडिअन्ट भिड्ने

नवौं एक्सेल्सियर कप : उपाधिका लागि जेनिथ र रेडिअन्ट भिड्ने

काठमाडौं । नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा जेनिथ र रेडिअन्ट पब्लिक उपाधिका लागि भिड्ने भएका छन् । जेनिथले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४२–३४ ले पराजित ग¥यो । जेनिथको जितमा सुशिल शाहीले १६ अंक योगदान गरे । सुवास गौतमको २३ अंक सहयोगमा रेडिअन्टले ओएसिसलाई ५३–५१ को साँघुरो अन्तरले हरायो ।

गर्ल्समा संस्कृति र काष्ठमण्डपले फाइनल यात्रा तय गरे । संकृतिले रातो बंगलामाथि १८–१६ को कठिन जित दर्ता ग¥यो । संस्कृतिकी ओमी मास्केले ९ स्कोर गरिन् । रेडिअन्ट विरुद्ध काष्ठमण्डप १२–११ को झीनो अन्तरले विजयी भयो । काष्ठमण्डपकी रिया राईले ६ अंक जोडिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.