लेख विवरण

नवौं राष्ट्रियमा कर्णालीले २७ खेलमा भाग लिने

नवौं राष्ट्रियमा कर्णालीले २७ खेलमा भाग लिने

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ ।

खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ ।

खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

खेलाडीसहितको टोलीलाई आवश्यक पर्ने खेल सामाग्री, पोसाक र किट ब्याग खरिदका लागि सार्वजनिक सूचना समेत आह्वान भइसकेको छ ।

बन्द प्रशिक्षण जेठ २ गतेबाट सुरु हुने छ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.