लेख विवरण

नवौं राष्ट्रिय खेलकुदः दोस्रो दिन आर्मीलाई नौ स्वर्ण, गण्डकीले खाता खोल्यो

नवौं राष्ट्रिय खेलकुदः दोस्रो दिन आर्मीलाई नौ स्वर्ण, गण्डकीले खाता खोल्यो

पोखरा । नवौं राष्ट्रि खेलकुदमा शनिबार दोस्रो दिन २५ स्वर्णका लागि प्रतिस्पर्धा भयो । एथ्लेटिक्सका कुल ३७ मध्ये सात इभेन्ट्समा पदक छिनोफानो भयो भने पौडीमा आठ स्वर्णको टुङगो लाग्यो । त्यस्तै गल्फमा तीन, साइकलिङमा तीन, टेबल टेनिसमा दुई र ह्यान्डबालमा दुई स्वर्णको छिनोफानो भयो ।

एथ्लेटिक्समा पहिलो दिन आर्मीले तीन, एपिएफले दुई तथा बाग्मती र नेपाल पुलिस क्लबले समान एक स्वर्ण जिते । गण्डकी प्रदेशले पुरुष ह्यान्डबलमा स्वर्ण पदक जित्यो भने महिला ह्यान्डबलमा आर्मीले स्वर्ण पदक जित्यो । पौडीतर्फ आर्मीले तीन, एनआरएनले तीन तथा एपिएफले दुई स्वर्ण पदक जित्यो ।

स्वास्थ समस्याका कारण कीर्तिमानी खेलाडी गौरिका सिंहले महिला एक सय मिटर फ्रिस्टाइल र महिला दुई सय मिटर ब्याकस्ट्रोकको अन्तिम चरणबाट नाम फिर्ता लिइन । गल्फमा बाग्मतीले आज तीन स्वर्ण पदक जित्यो । बाग्मतीले पुरुष र महिला एकल र टिम स्पर्धामा स्वर्ण पदक जित्यो । साइकलिङमा डाउनहिलतर्फ पुरुष र महिला विधामा आर्मीले स्वर्ण पदक जित्यो । टेबुल टेनिसमा दुवै पनि पुलिसले महिला र पुरुष टिम इभेन्टसमा स्वर्ण पदक जित्यो ।
शनिबार कुल २५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा आर्मीले सर्वाधिक नौ स्वर्ण जित्दा बाग्मती र एपिएफले चार, एनआरएन र नेपाल पुलिस क्लबले समान तीन र गण्डकी प्रदेशले एक स्वर्ण पदक जित्यो ।

दुई राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा पहिलो दिन शनिबार पोखरा रंगशालामा सुरु हुँदा दुई नयाँ राष्ट्रिय कीर्तिमानसहित सात स्वर्ण पदकको टुङ्गो लागेको छ । कुल ३७ मध्ये सात विधामा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने ।

पहिलो दिनको खेलको समाप्तीमा तीन स्वर्ण तीन रजत र तीन कांस्य पदकसँगै आर्मी एथ्लेटिक्स अंकतालिकाको शीर्ष स्थानमा छ । दुई स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको एपिएफ दोस्रो स्थानमा छ भने एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हात पारेको पुलिस तेस्रो स्थानमा छ । एक स्वर्ण र एक कांस्य जितेको बाग्मती चौथो स्थानमा रहँदा दुई रजतमात्र जितेको लुम्बिनी पाँचौं स्थानमा छ । प्रतियोगितामा सहभागी अन्य टिमले कुनै पदक जितेका छैनन् ।
एक सय मिटरको पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवराज पार्की र महिलामा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाए । महिलातर्फ सय मिटरको हिटमा लुम्बिनी प्रदेशकी निसा चौधरीले १२.१५ सेकेन्डको समय निकाल्दै राष्ट्रिय बनाएकी थिइन् । यस विधाको सबैभन्दा उत्कृष्ट समय देविमाया पनेरुको नाममा थियो । सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा देवीमायाले १२.१९ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।

शनिबारदेखि सुरु नवौं खेलकुदको एथ्लेटिक्समा निसाले उनको कीर्तिमान भंग गरेको केही पनि नबित्दै सरस्वतीले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । फाइनल चरणमा निसाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित आफ्नो नाम लेखाइन् । सरस्वतीले १२ः१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितिन् । यता, आफ्नै हिटको भन्दा कमजोर प्रदर्शन गरेकी निशाले १२ः२२ सेकेन्डमा साथ रजत पदकमा खुम्चिन बाध्य भइन् ।

फाइनल चरणमा निशाको प्रदर्शन थोरै खस्किँदा आर्मीकी सरस्वतीले स्वर्ण पदकमा कीर्तिमानसहित नाम लेखाइन । सरस्वतीले १२ः१३ सेकेन्डमा दौड पूरा गरेर नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जित्दा आफ्नै हिटको भन्दा कमजोर प्रदर्शनमा सीमित निशाले १२ः२२ सेकेन्डमा दुरी पार गरेर रजत पदक हात पारिन । यसैगरी आर्मीकी रमिता थारुले १२ः९३ सेकेन्डको टाइमिङका साथ कांस्य पदकमा नाम लेखाइन् ।

पुरुष १ हजार ५ सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२ः२१ सेकेन्डमा दुरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३ः११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६ः५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते । महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ३६ मिनेट १२ः३६ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसकी राजपुरा पछाईं ३६ मिनेट २९ः४५ सेकेन्डका साथ रजत पदकमा खुम्चिन् । सन्तोषीले अन्तिम ल्यापमा मात्र राजपुरालाई पछि पारेकी हुन् ।

एपिएफकी पुष्पा भण्डारी (३७ मिनेट ४ः०२ सेकेन्ड)ले कांस्य पदक जितिन् । पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मी क्लबका मुकेश पालले तीन मिनेट ५२ः२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते । सो विधामा एपिएफका अजित यादवले तीन मिनेट ५३ः११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले तीन मिनेट ५६ः५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते । महिला १ हजार ५ सय मिटर दौडमा एपिएफकी फूलमती रानाले चार मिनेट ३८ः१९ सेकेन्ड समयका साथ स्वर्ण जिते ।

आर्मी क्लबकी सरस्वती भट्टराईले चार मिनेट ४१ः०० सेकेन्डमा र आर्मीकै रेखा लिम्बुले कांस्य पदक जितिन् । रेखाले पाँच मिनेट ३ः८० सेकेन्डमा पार गरिन् । सटपुट पुरुषमा आर्मीका तिलक बिकले १२ः८५ मिटर फाल्दै स्वर्ण पदक जित्दा १२ः६४ मिटर फ्याँकेका आर्मीकै चित्रबहादुर वलीले रजत तथा बागमतीका ललित रावतले ११ः९५ मिटर पर फालेर कांस्य पदक जिते । सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे (१२ः४० मिटर)ले स्वर्ण जिते ।
लुम्बिनी प्रदेशी संगीता अधिकारी (१०ः८३ मिटर)ले रजत तथा नेपाल पुलिसकी वषन्ती चौधरीले (९ः८६ मिटर)ले कांस्य पदक जितिन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.