लेख विवरण

नवौं राष्ट्रिय खेलकुदको ट्रफी काठमाडौंको तीन स्थानमा प्रदर्शन

नवौं राष्ट्रिय खेलकुदको ट्रफी काठमाडौंको तीन स्थानमा प्रदर्शन

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । सोही दिन स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो ।

यसअघि ट्रफीलाई सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिरमा ट्रफी लगिने छ । राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

No photo description available.

May be an image of outdoors

May be an image of 2 people, outdoors and temple

May be an image of 14 people, people standing and outdoors

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.