लेख विवरण

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सातवटै प्रदेशमा लगिने

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सातवटै प्रदेशमा लगिने

काठमाडौं । गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ ।

भदौ २७ गते बसेको नवौं कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका किर्तिमानधारी विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यहरुमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महिला भलिबलकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिरा राई छन ।

भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त रनिङ ट्रफी सार्वजनिक गरिने र ट्रफी टुर सुदूरपश्चिमाञ्चलबाट सुरुगरी सातवटै प्रदेश र तीन विभागीय टोलीमा लगिने छ ।

राष्ट्रिय खेलकुद परिाषद् राखेपले पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियन ट्रफी निर्माण गरको हो । १० लाख रुपियाँ लगानीमा निर्माण गरिएको उक्त रनिङ ट्रफी सर्वाधिक पदक जित्ने टोलीलाई प्रदान गरिनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.