नवौं राष्ट्रिय खेलकुद : आर्मी र एपीएफ महिला ह्यान्डबलको फाइनलमा
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आर्मी र एपीएफ क्लब महिला ह्यान्डबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ को सहज जित दर्ता ग¥यो । एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् ।
त्यस्तै अर्को सेमिफाइनल आर्मीले घरेलु टोली गण्डकीलाई २४–९ ले हरायो । आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन् ।
आर्मी र एपीएफबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ ।

टिप्पणी लेख्नुहोस्