नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेश र आर्मी पुरुष ह्यान्डबलको फाइनलमा
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।
अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे ।
फाइनल गण्डकी र आर्मीबीच शनिबार दिउँसो ४ बजे हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ ।

टिप्पणी लेख्नुहोस्