नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेश ह्यान्डबलको फाइनलमा
काठमाडौं । आयोजक गण्डकी प्रदेशले लुम्बिनीलाई ५४(२१ को नतिजामा पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान पोखरास्थित कभर्डहलमा भएको खेलमा गण्डकीले सहज जित निकाल्यो । गण्डकीका चन्द्र केसीले सर्वाधिक १८ गोल गरे ।
गण्डकीले स्वर्ण पदकका लागि विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलसमेत आजै हुनेछ ।

टिप्पणी लेख्नुहोस्