लेख विवरण

नवौं राष्ट्रिय खेलकुद : गल्फमा आर्मीका सुवासको अग्रता

नवौं राष्ट्रिय खेलकुद : गल्फमा आर्मीका सुवासको अग्रता

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलको पुरुष एकलमा त्रिभुवन आर्मी क्लबका सुवास तामाङले अग्रता लिएका छन । पार ६९ को पोखराको हिमालयन गल्फ क्लबमा भएको प्रतियोगितामा सुवासले शुक्रबार सुवासले एक अन्डर ६८ खेले ।

दोस्रो स्थानमा रहेका सद्भाव आचार्यको एक ओभर ७० स्कोर छ । तेस्रो स्थानमा रहन सफल प्रदेश १ का युवारज भुजेलको ७१ स्कोर छ । महिलातर्फ शीर्षस्थानमा रहेकी बागमती प्रदेशकी तारा कार्की चित्रकार र प्रदेश १ की सुष्मा सिग्देलको समान १२ ओभर ८१ स्कोर छ ।

बागमतीकी कश्मिरा शाह १५ अ‍ोभर ८४ स्कोरसहित तेस्रो स्थानमा छिन । टिम स्पर्धामा बागमती पहिलो र आर्मी दोस्रो स्थानमा छ । गल्फमा पुरुषमा पाँच र महिलामा चार टोलीको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.