नवौं राष्ट्रिय खेलकुद : पाराग्लाईडिङ्गमा गण्डकीको अग्रता
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाईडिङ्ग तर्फ गण्डकीले पुरुष टिम क्रसकन्ट्रि पहिलो चरणको खेल सक्किदा सम्म अग्रता कायम गरेको छ । गण्डकीले २७५० अंक प्राप्त गरेको छ ।
दोश्रो स्थानमा रहेको नेपाली सेनाले २५५६ अंक, तेश्रो स्थानमा रहेको बागमतीको २१४८, चौथो स्थानमा रहेको एपिएफको १५३३ र पाँचौ स्थानमा रहेको प्रदेश १ को २७२ अंक रहेको छ ।
यस्तै पहिला दिनको खेल सक्किदा पुरुष एकल तर्फको खेलमा नेपाली सेनाका सुरज थापाले अग्रता लिएका छन् । उनले १ हजार अंक बटुलेका छन् । दोश्रो स्थानमा ९४८.६ अंकका साथ गण्डकीका विजय गौतम र तेश्रो स्थानमा ९२५ अंकका साथ बागमतीका कृष्ण बहादुर सुनुवार रहेका छन् ।

टिप्पणी लेख्नुहोस्