लेख विवरण

नवौं राष्ट्रिय खेलकुद : प्रहरीको पुरूष भलिबल टिमलाई पहिलो खेलमा सफलता

नवौं राष्ट्रिय खेलकुद : प्रहरीको पुरूष भलिबल टिमलाई पहिलो खेलमा सफलता

कास्की । पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार बिहान भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ ।

पोखरा रंगशालामा सञ्चालित खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह ’ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।

नेपाल पुलिस क्लबले असोज २९ गते लुम्बिनी प्रदेशसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.