लेख विवरण

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ्गमा एपिएफ र सेनालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ्गमा एपिएफ र सेनालाई स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ्ग महिला टिम फ्वाईलमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफले बागमतीलाई पराजित गर्दै स्वर्ण जितेको हो । एफिएफले बागमतीलाई ४५–३६ ले पराजित गरेको हो । खेलमा नेपाली सेना र गण्डकीले कास्य पदक पाए ।

पुरुषको सेवर तर्फ सेनाले जित निकालेको छ । सेनाले बामतीलाई ४५–२४ अंकले पराजित गर्दै स्वर्ण जितेको हो । यो सँगै सेनाले स्वर्ण संख्या ४ बनाएको छ । तेश्रो स्थानमा एपिएफ र गण्डकी रहेका छन ।

प्रतियोगिताको प्राविधिक कारणले रोकिएको पुरुष ईपीको खेल शुक्रबार बिहान हुने प्रतियोगिताका निर्णायक अनुप कपालीले जानकारी गराए ।
बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.