लेख विवरण

नवौं राष्ट्रिय खेलकुद : मधेश प्रदेशको महिला क्रिकेट टोली घोषणा

नवौं राष्ट्रिय खेलकुद : मधेश प्रदेशको महिला क्रिकेट टोली घोषणा

काठमाडौं । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेशले आफ्नो टोली सार्वजनिक गरेको छ । कविता गौतमको नेतृत्वमा सार्वजनिक गरिएको टोलीमा अनुराधा चौधरी, शबनम खातुन, गोमा आले, साना प्रविण, सरस्वती चौधरी र शान्ती चौधरी रहेकी छिन ।

विकेट किपिङको जिम्मा एलिसा यादवले पाउदा प्रियंका गुप्ता, मधु राउत, सन्तोषी चौधरी, रोजी कडारी, मंजु राम र पुष्पा फुयाँले पनि टोलीमा स्थान बनाएकी छिन ।

टोलीको प्रशिक्षकमा सुनिल साह र ब्यवस्थापकमा शोभाकान्त पाण्डे रहेका छन । अत्तिरिक्त खेलाडीमा तुलसि बि.क, आरती चौधरी, अली यादब र मोनिका साह रहेकी छिन ।

राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुदैछ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता भने भदौ २३ गतेदेखि काठमाडौंको टियु क्रिकेट मैदानमा सुरुवात भएको थियो। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो ।

May be an image of 2 people and text that says "MADHESH WOMEN'S SQUAD OF MADHESH PROVINCE FOR 9TH NATIONAL CRICKET GAME YMirei PRIM EMINISTE E120 Kabita Gautam (C) Anuradha Chaudhary Sabnam Khatun Goma Aale Sana Praveen Alisha Yadav (WK) Saraswati Chaudhary Shanti Chaudhary Priyanka Gupta Madhu Raut Santoshi Chaudhary Roji Kadari Manju Ram Pushpa Phuyal Coach: Sunil Sah Manager: Shobhakant Pandey Reserves: Tulsi BK, Aarati Chaudahry, Ali Yadav, Monika Sah"

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.