लेख विवरण

नवौं राष्ट्रिय खेलकुद : रग्वी खेल शनिवारदेखि सुरु

नवौं राष्ट्रिय खेलकुद : रग्वी खेल शनिवारदेखि सुरु

पोखरा । “एकतावद्ध देश, खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्वी खेल पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक खेलमैदानमा शनिवारदेखि सुरु भएको छ ।

नेपाल रग्वी संघका केन्द्रिय अध्यक्ष दिपक देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ्ग, नेपाल रग्वी संघका सन्तोष भट्राई, पूर्व गृहमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्ग, नेपाल रग्वी संघ महासचिव चेतनराज गिरी, नेपाल रग्वी संघ कास्की सचिव सुवास खड्का लगायतले शुभकामना दिदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिएका थिए ।

उद्घाटन समारोहमा यस प्रतियोगितामा सहभागीता जनाउने टिमको मार्चपास प्रस्तुत गरिएको थियो भने स्थानीय टोल विकास संस्था, आमा समूहहरुले झाँकी ¥याली प्रस्तुत गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.