नवौं राष्ट्रिय खेलकुद : ह्याण्डबलमा सेना र एपिएफको विजयी सुरुवात
काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा नेपाली सेनाले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन नेपाली सेनाको पुरुष टोलीले बामती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको हो । यस्तै महिला तर्फ पनि सेनाले जित निकाल्न सफल भयो । सेनाले मधेस प्रदेशलाई ४६–२ ले पराजित गरेको हो ।
पुरुष तर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकालेको छ । गण्डकीले चन्द्र के.सी.को १० गोलको मद्धतमा मधेस प्रदेशलाई ६६–१३ र सशस्त्र प्रहरीले सन्दिप कार्कीको ९ गोलको मद्धतमा लुम्बिनी प्रदेशलाई ३६–१३ गोलले पराजित गरेको हो । महिला तर्फ प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई २६–२ गोलले पराजित गरेको छ ।

टिप्पणी लेख्नुहोस्