नवौं राष्ट्रिय खेलकुद : ह्यान्डबलमा गण्डकीको तेस्रो जित
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्यान्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कर्भडहलमा आज (बुधवार) भएको खेलमा गण्डकीले बागमतीलाई ३२-१४ पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।
लगातार तीन खेल खेलेको गण्डकीले यो सँगै नौं अंक बटुलेको छ । टोलीको जितमा विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।
प्रतियोगिता अन्तर्गत महिला ह्यान्डबलमा बागमतीले जित निकालेको छ । जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । टोलीका लागि सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन ।

टिप्पणी लेख्नुहोस्