लेख विवरण

नवौं राष्ट्रिय : र्‍याफ्टिङ्ग एण्ड क्यानोइङ्गको प्रदर्शनी खेल सम्पन्न

नवौं राष्ट्रिय : र्‍याफ्टिङ्ग एण्ड क्यानोइङ्गको प्रदर्शनी खेल सम्पन्न

पोखरा । उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत र्‍याफ्टिङ्ग आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश र्‍याफ्टिङ्ग एण्ड क्यानोइङ्ग अन्तर्गत आइतबार बिहान दोबिल्लाको सेती नदीमा सम्पन्न र्‍याफटिङ आर–फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको र्‍याफटिङ एड्भेन्चर्स उपविजेता बन्न सफल भएको हो । कास्कीको र्‍यापिड रनर एक्सपिडिसन तेस्रो भएको छ ।

दोबिल्लाकै फुस्रे खोलामा भएको कायाक स्लालममा पुर्बोछानेले उपाधि जित्दा चितवनका नवीन श्रेष्ठ उपविजेता भए भने चितवनकै विजय गुरुङले तेस्रो स्थान हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार दोबिल्लामा प्रतियोगिताको उद्घाटन गरेका थिए । सोही अवसरमा आइतबार नै सम्पन्न भएको र्‍याफ्टिङ्ग आर–फोरका विजेताहरुलाई पुरस्कृत पनि गरे ।

प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले र्‍याफ्टिङ्ग एण्ड क्यानोइङ्गका पदकहरु नवौं वृहत राष्ट्रिय खेलकुदको आधिकारिक पदक तालिकामा गणना हुँदैन । विजेताले नवौं वृहत राष्ट्रिय खेलकुदको पदक प्राप्त नगरे पनि यो राष्ट्रिय संघले गराएको प्रतियोगिता भएकाले आधिकारिकता भने हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.