लेख विवरण

नामिबियामा हुने विश्वकप लिगटुका लागि नेपाली टोली घोषणा

नामिबियामा हुने विश्वकप लिगटुका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा नामिबियामा हुने आईसिसी पुरुष विश्वकप लिगटुअन्तर्गत त्रिदेशीय शृंखलाका लागि टोली घोषणा गरेको छ । 

टोलीमा नन्दन यादवले पहिलो पटक स्थान बनाएका छन् । कमलसिंह ऐरी र आदिल अन्सारी भने टोलीबाट बाहिर रहे ।  खेल २ डिसेम्बरदेखि ८ सम्म हुनेछ, जहाँ आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डको सहभागीता हुनेछ ।  

शृंखलामा २० खेलबाट १७ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा  छ ।

नेपालको टोलीः रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव

टिप्पणी लेख्नुहोस्

Please Login to comment.