लेख विवरण

नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । नासिर याहया हुसैनले २४ औं राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००:९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५:७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

नासिरले हिटमा उक्त टाइमिङ निकालेका हुन् । फाइनलमा भने नासिरको टाइमिङ २ मिनेट ०१:६० सेकेन्ड रह्यो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.