लेख विवरण

नेक्सस र लाइसियम सेमिफाइनलमा

नेक्सस र लाइसियम सेमिफाइनलमा

काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र लाइसियम प्याराडाइस पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले ग्लेडस्टोनलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । नेक्ससका निखिलले २ तथा अंकित, दिलन लिम्बू, राज थापा मगर र सक्षम भट्टराईले १–१ गोल गरे । एक गोल आत्माघाती थियो ।

लाइसियम प्याराडाइसले नेपाल तारालाई ५–० गोलले सहजै हरायो । लाइसियमका सक्सेस सेढाईंले ह्याट्रिक गरे भने सुजल खत्री र केशव कोइरालाले १–१ गोल थपे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.