लेख विवरण

नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बाग्मती प्रदेशलाई

नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बाग्मती प्रदेशलाई

काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले जितेको छ । दुई खेलको टी– २० शृंखला बाग्मतीले २–० ले जितेको हो ।

प्रतियोगितामा बाग्मतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५२ रन बनाएको थियो । मधेश प्रदेशका लागि सागर चेपाङले ३१ रन जोडे ।

प्रत्युत्तरमा बाग्मतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । बाग्मतीका शान्त पहरीले ३८ रन बनाए ।

राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.