नेदरल्याण्ड्सका पूर्व कप्तान केकेआरको फिल्डिङ प्रशिक्षकमा नियुक्त
काठमाडौं । नेदरल्याण्ड्सका पूर्व कप्तान रायन टेन डोशेट कोलकाता नाइट राइडर्स (केकेआर) को फिल्डिङ प्रशिक्षकका रुपमा नियुक्त भएका छन । शाहरुख खानको सह(स्वामित्वमा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइजी केकेआरले मंगलबार रायन टेनको बारेमा जानकारी दिएको हो । केकेआरले सन् २०१२ र २०१४ मा आईपीएल उपाधि जित्दा रायन टेन टोलीमा आवद्ध थिए ।
रायनले अब जेम्स फोस्टरको स्थान लिनेछन् । फोस्टरले अब टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । दुवैले टोलीका मुख्य प्रशिक्षक चन्द्रकान्त पण्डितको नेतृत्वमा काम गर्नेछन् । केकेआरमा यसअघि नै सहायक प्रशिक्षकमा अभिषेक नायर, बलिङ प्रशिक्षकमा भरत अरुण र सहायक बलिङ प्रशिक्षकमा ओमकार साल्वी छन्।

टिप्पणी लेख्नुहोस्