नेपालको बक्सिङ्ग प्रशिक्षण सम्हाल्न विदेशी प्रशिक्षक
काठमाडौंँ । १९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सरहरुलाई प्रशिक्षण दिन शिव सिंह नेपाल आएका छन । भारतका पुर्व प्रमुख प्रशिक्षक रहेका सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए ।
सिंहले १९ औ एशियनको तयारी टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन । उनीसंगै प्रशिक्षणमा नेपाली बक्सिङ्गका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भईरहेको छ ।

टिप्पणी लेख्नुहोस्