नेपालले आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्ने
काठमाडौंँ । नेपालले आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने भएको छ । आईसीसीले बिहीवार आईसीसी महिला टी–२० विश्वकप छनोटको क्षेत्रीय प्रतियोगिताको मिती सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको मिती अनुसार प्रतियोगिता अगष्ट २८ देखी ६ सेप्टेम्बरसम्म मलेसियामा हुने भएको छ ।
प्रतियोगितामा आयोजक मलेसियासंगै नेपाल, बहराइन, चिन, कुवेत, म्यानमार, कतार, भुटान, हङकङ र थाइल्यान्डले सहभागिता जनाउने छन् । एसिया छनोट प्रतियोगिता पहिलो र दोस्रो हुने टोलीले सन् २०२४ मा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउने छ । ग्लोबल क्वालिफायरको शिर्ष २ टोलीले सन् २०२४ मा बङलादेशमा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउने छ ।
आईसीसी महिला टी–२० विश्वकपमा आयोजक बङलादेशसंगै भारत, पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका वेस्टइन्डिज र इङल्यान्ड ग्लोबल क्वालिफायरबाट आएका २ टोलीले सहभागिता जनाउने छ ।

टिप्पणी लेख्नुहोस्