नेपालले ओमानसँग अभ्यास खेल खेल्दै
काठमाडौं । नेपालले शनिबार (आज) ओमानसँग एकदिवसीय अभ्यास खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल ५०/५० ओभरको रहेको छ ।
नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । आजको खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।
नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गरिरहेका छन । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

टिप्पणी लेख्नुहोस्