लेख विवरण

नेपाली क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

नेपाली क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीको फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षकमा भारतीय रघुराम श्रीनिवासन नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघका अनुसार उनी आइतबार नेपाल आइपुगेका छन । नेपाल टोलीलाई प्रशिक्षण दिन उनी नेपाल आएका हुन् ।

क्रिकेट अस्ट्रेलियाको हाइ पर्फर्मेन्स (लेभल ३) कोर्स गरेका श्रीनिवासले यसअघि अमेरिकी क्रिकेट टोलीसँग पनि काम गरिसकेका छन् । नेपालका मुख्य प्रशिक्षक पुबुदु दासनायके यसअघि अमेरिकाका मुख्य प्रशिक्षक हुदा उनी फिल्डिङ प्रशिक्षक थिए ।

प्रशिक्षक दासनायकेले श्रीनिवासको नेपाल आगमनमा खुशी व्यक्त गरेका छन् । उनले भने, 'म अमेरिकामा छँदा प्रशिक्षक श्रीनिवासले मसँग काम गरेका छन। उनी एकदमै जोसिलो प्रशिक्षक हुन्। नेपालको कमजोर पक्षमा कसरी काम गर्ने भन्ने कुरालाई आत्मसाथ गर्दै हाम्रो निमन्त्रणामा आफ्नो बहुमूल्य समय दिन आएकोमा म कृतज्ञ छु ।'

नेपालले फेबु्रवरी १७ देखि ओमानमा हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायर्स खेल्दैछ । यसअघि नेपालले ११ फेबु्रवरीबाट चार राष्ट्रिय सम्मिलित टी–२० शृङ्खला पनि खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.