नेपाली क्रिकेट टोलीको ब्यवस्थापकमा सिपि पौडेल नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको ब्यवस्थापकमा सिपि पौडेललाई नियुक्त गरेको छ । पौडेल यूएइ विरुद्धको एकदिवसीय श्रंखलाका लागि टोली ब्यवस्थापकमा नियुक्त भएको क्यानले जनाएको छ ।
सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष पनि रहेका सिपि पौडेल इटहरी क्रिकेट एकेडमीका सचिव पनि हुन । उनी नेकोस राष्ट्रिय क्रिकेट संघको सह-सचिवका रुपमा पनि रहेका छन ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्