लेख विवरण

नेपाली रग्बी टोली भारत प्रस्थान

नेपाली रग्बी टोली भारत प्रस्थान

काठमाडौं । एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा गत असारमा भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले १५ साइडमा ‘डेब्यु’ गरेको थियो ।

खेलाडीहरुमा श्रीराम श्रेष्ठ (कप्तान), विराट श्रेष्ठ (उप कप्तान), विक्रम पुरी, प्रशुराम राई, विराट ऐडी, अमर श्रेष्ठ, कपिल सापकोटा, विशेस वासु, निरज कार्की, क्षितिज कार्की, विकास मगर, सुजन कुमाल, शेरबहादुर ओली, रमित कुमाल, मिलन थापा, सुरज राना, हुत्तराज प्रधान, सुरज चौधरी, अनुराग लामिछाने, विक्रम भारती, एडु अधिकारी, सेवक कुँवर, अनिल माझी, भेषराज बास्तोला, विशाल बडु र सुमन चौलागाईं रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी ३ राष्ट्रको सहभागिता रहेको छ । नेपालले नोभेम्बर १९ र २२ मा क्रमशः भारत र बंगलादेशसंग खेल्ने छ ।

प्रशिक्षकमा टंकराज गिरी, व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला र नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

No photo description available.

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.